सप्रसङ्ग व्याख्या लेखन /नैतिक दृिष्टानट/छिमेकी/सिपाही/

  

पाठ; एक 

मूलपाठ. नैतिक दृिष्टानट

यस नैतिक दृष्टान्त (१९७४) कविका रचनाकार कविशिरोमणि लेखनाथ पौड्याल (वि.सं. १९४१ - २०२२, सन् 1885 – 1966) हुन् । उनी नेपाली साहित्यका परिष्कारवादी धारका छन्दोबद्ध कवि थिए । उनलाई नेपाली साहित्यमा आधुनिक युगको जन्मदाता, आध्यात्मिक पुनर्जागरण ल्याउने तथा आध्यात्मिक मानवतावादी कविका रूपमा पनि चिनिन्छ ।


यस कवितामा कवि लेखनाथ पौड्यालले प्रकृति र धर्म/संस्कृतिबाट विविध उदाहरणहरूका साथ नीतिशिक्षा दिएका छन् ।


बडाले जो गर्यो काम हुन्छ त्यो सर्व-संमत ।

छैन शङ्करको नङ्गा, मगन्ते भेष निन्दित ।। १ ।।

गर्दैन ठूलो व्यक्ति मर्यादा-स्थिति-लङ्घन ।

बसेको छ महासिन्धु सीमाबद्ध बनीकन ।। २ ।।

दबिन्छ गुणिको दोष गुणका राशिमा परी ।

रश्मिले चन्द्रको दाग दबाएकै छ बेसरी ।। ३ ।।

कसैको लोकमा छैन एकैनास समुन्नति ।

अरूको के कुरा हेर सन्ध्यामा सूर्यको गति ।। ४ ।।

छोटो बढ्यो भने ज्यादा फूर्ति ढाँचा बढाउँछ ।

उर्लँदो खहरे हेर कत्तिको गड्गडाउँछ ।। ५ ।।

ज्यादा सोझो हुनूभन्दा टेढिनु छ फलाऽधिक ।

गरदैन कुनै सोझो ग्रहको पूजनाऽऽदिक ।। ६ ।।

टपर्टुञ्या पनि हुन्छ मूर्खमध्ये प्रतिष्ठित ।

बोलने को अँध्यारोमा महाऽऽत्मा जुन्किरीसित ।। ७ ।।

सानै देखी छुचो हुन्च दुष्ट मानिसकि मति ।

घोचने जङ्गली काँढा पहिले नै तिखा कति ।। ८ ।।

मिलेर काम गर्नाले हुन्छ अत्यन्त फायदा ।

एकता हेर कस्तो छ मौरीको महमा सदा ।। ९ ।।

जो दिँदैन उही दिन्छु भनी गर्जन्छ सत्त्वर ।

जो हो नवर्षने मेघ उसैको हुन्छ घर्घर ।। १० ।।

हुनुपर्दछ मौकामा शत्रुको पनि सेवक ।

कोइली कागकै बच्चा बन्छ सानू छँदा तक ।। ११ ।।

गुणग्राही जहाँ छैन वहाँ के गरला गुणी ।

कौडीमा तक मिल्कन्छ भिल्लका देशमा मणि ।। १२ ।।

योग्य  स्थानविषे मान सानाले पनि पाउँछ ।

कृष्णाका तटको ढुङ्गा देवता कहलाउँछ ।। १३ ।।

उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर ।

फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ।। १४ ।।

मेटिँदैन कसैबाट आफनू कर्मपद्धति ।

बनवासी बनेर राम चौधै भुवनका पति ।। १५ ।।

धर्म हो धीरको धैर्य राखनू दु:खजालमा 

मानू मौनव्रती हुन्छ कोइली शीतकालमा ।। १६ ।।

सारा सार लिई कन्था छोडी-दिन्छ गुणी जन ।

रस चुसेपछि भृङ्ग फूलमा भुल्दथ्यो किन ? ।। १७ ।।

सङ्गले पनि जाँदैन दुष्टको दुष्टता रिस ।

श्रीखण्डमा बसी सर्प कहाँ हुन्थ्यो र निर्विष ।। १८ ।।

मूर्खका मनमा अर्ती गालीतुल्य बिझाउँछ ।

दूधपान गरी सर्प खालि विष बहाउँछ ।। १९ ।।

मुला भाब ;=  

ठूलाले गरेका कार्यलाई सबैले मान्दछन्, जसरी भगवान् शिवको नाङ्गो र मगन्ते भेष कहीँ निन्दा गरिएको छैन ।

ठूला व्यक्तिहरूले आफ्नो मर्यादा नाघ्न हुँदैन, जसरी ठूलाठूला नदी/समुद्रहरू आफ्ना सीमामै बसेका हुन्छन् ।

गुणी मानिसको थोरै दोष भए पनि दबिन्छ, जसरी चन्द्रमा तेजले उसको दाग छोप्दछ ।

संसारमा कसैको एकैनास उन्नति हुँदैन, अर्थात् उतार-चढाव हुन्छ नै । नत्र साँझमा सूर्यको गति हेर्दा हुन्छ ।

सानो मानिस एकैचोटि बढ्दा फूर्ति बढाउँछ, जसरी उर्लँदो खहरे बेस्सरी गड्गडाउँछ ।

सोझो हुनुभन्दा केही हदसम्म टेढिनु राम्रो हुन्छ । ग्रह सोझो भए कसैले पनि पूजा गर्दैनथे ।

मूर्खमध्ये जस्तोसुकै मूर्ख पनि प्रतिष्ठित हुन्छ । अँध्यारोमा जुनकिरीसँग बोल्न को महात्मा आउँछ ?

दुष्ट मतिका मानिस सानैदेखि छुच्चो हुन्छ, जसरी घोच्ने जङ्गली काँडाहरू पहिले कति तीखा हुन्छन् ।

सँगै मिलेर एकजुट हुनु फाइदाजनक छ, जसरी मौरीले मह पार्दा एकजुट हुन्छ ।

जो काम गर्दैन, उसैले बढी हल्ला गर्छ । त्यसैले त नवर्षिने मेघले नै सधैँ घर्घर गर्छ ।

मौका पर्दा शत्रुको पनि सेवा गर्नुपर्छ, जसरी कोइली सानोमा कागकै बच्चाझैँ हुर्कन्छ ।

गुण नमान्ने ठाउँमा गुणीले के गर्न सक्ला । भिल्लहरूका देशमा मणिजस्तो बहुमूल्य चीज कौडीमा समेत मिल्काइन्छ ।

उचित स्थानमा बस्दा सानाले पनि मान पाउँछ, जसरी कालीगण्डकी नदीका तीरको ढुङ्गा पनि शालिग्राम देवताका रूपमा पुजिन्छ ।

गुणी व्यक्ति सधैँ निहुरिन्छ अर्थात् आफूलाई ठूलो ठान्दैन, जसरी फलसहितको हाँगो झुकेकै हुन्छ ।

आफ्नो भाग्यमा लेखिएको कुरा कसैले मेटाएर मेट्दैन, त्यसैले त चतुर्दश भुवनका स्वामी श्रीराम वनवासमा जानुभयो ।

दुःख पर्दा धैर्य राख्नु धर्म हो, जसरी जाडोयाममा कोइली गाएको सुनिँदैन अर्थात् मौनव्रतमा बसेझैँ हुन्छ ।

गुणीले सार वा भाव मात्र लिन्छ र वस्तुको मोह गर्दैन, किनकि भमराले रस चुसेपछि फूलमै वास बस्दैन ।

दुष्ट मानिस असलका संगतमा रहँदा पनि दुष्ट नै हुन्छ, जसरी श्रीखण्डमा बसे पनि सर्पको विष यथावत् नै हुन्छ ।

मूर्खलाई केही अर्ती दिँदा गाली गरेझैँ लाग्छ । त्यस्तै, दूध खाए पनि सर्प मात्र आफ्नो विष बढाउँछ ।

सप्रसङ्ग व्याख्या गर्नुहोस 

खण्ड क (प्रथम अनुच्छेद)

(क) सप्रसङ्ग व्याख्या गर्दा सबैभन्दा पहिला दिइएको गद्यांश पद्यांश सुरु र अन्त्यका पदावलीका बीचमा थोप्ला चिह्न दिई सुरु गर्ने (समय भएमा पूरै पङ्क्ति सार्ने)

I (ख) सम्बन्धित अंश कुन पाठ्यपुस्तकको कुन पाठको कुन विधाबाट साभार गरिएको हो स्रोत उल्लेख गर्ने ।

(ग) रचनाकार /लेखक / सम्पादकका नाम उल्लेख गर्नुपर्छ । (पाठमा उल्लेख भए) (घ) उक्त अंश कसले कसलाई कुन अवस्थामा भनेको हो, उल्लेख गर्ने । (ङ) दिइएको गद्यांश पद्यांश कुन प्रसङ्गमा आएको हो, खुलाउने ।

व्याख्या खण्ड ख, (दोस्रो अनुच्छेद)


(क) पूर्व प्रसङ्ग गद्यांश पद्यांशको पाठबाट नजिकको सम्बन्ध देखाउनुपर्छ । (ख) विभिन्न तर्क र उदाहरण प्रस्तुत गर्दै उक्त अंशको व्याख्या र विश्लेषणद्वारा भावको पुष्टि गर्नुपर्छ ।

(ग) सारतत्वको पहिचान र पुष्टि गर्नुपर्छ


निष्कर्ष खण्ड ( अन्तिम अनुच्छेद)


(क) मूल व्याख्यामा भनिएको कुराहरुको निचोड दिनुपर्छ ।

(ख) सम्बन्धित अंशमा रहेका भाषाशैली, अलङ्कार, बिम्ब र प्रतीकहरुको जानकारी र महत्व बोध गरी लेख्नुपर्छ।

अभ्यास एक 

उपाकारी गुणी ब्याक्ति  निहुरिन्छ निरन्तर

फालेको बृक्षको हागो नझुकेको काहाँ छ र 

उत्तर;-   यस नैतिक दृष्टान्त (१९७४) कविका रचनाकार कविशिरोमणि लेखनाथ पौड्याल (वि.सं. १९४१ - २०२२, सन् 1885 – 1966) हुन् । उनी नेपाली साहित्यका परिष्कारवादी धारका छन्दोबद्ध कवि थिए । उनलाई नेपाली साहित्यमा आधुनिक युगको जन्मदाता, आध्यात्मिक पुनर्जागरण ल्याउने तथा आध्यात्मिक मानवतावादी कविका रूपमा पनि चिनिन्छ ।यस कवितामा कवि लेखनाथ पौड्यालले प्रकृति र धर्म/संस्कृतिबाट विविध उदाहरणहरूका साथ नीतिशिक्षा दिएका छन् ।   

माथि उल्गुलेखित पग्ति मा गुणी व्यक्ति सधैँ निहुरिन्छ अर्थात् आफूलाई ठूलो ठान्दैन, जसरी फलसहितको हाँगो झुकेकै हुन्छ | गुणी ब्याक्ति सधै गुण ले भरि पूर्ण रहेका ले गर्दा त्यास ब्याक्यी मा  झुकाब सधै रहन्छ |  कबि ले यस कबिता मा मानिस मा हुने बिभिन्न किसिम का नैतिक जिम्मेवारी उल्लेख गरेका छन् |   

कवीले माथि को पग्ति मा ब्याक्ति मा रहेने गुण का कारण ले नै उक्त्त ब्याक्ति त्यो स्थान हासिल  गरेको हुन्छ 

पाठ दुई

छिमेकी 

छिमेकी कथा नेपाली साहित्यकार गुरुप्रसाद मैनालीद्वारा लिखित नेपाली कथा हो। यो कथा मैनालीको नासो कथासङ्ग्रहमा सङ्ग्रहित कथा हो।

समीक्षा
छिमेकी कथा सामाजिक समस्याहरु प्रस्तुत गरी आदर्श समाधान पहिल्याउने आदर्शोन्मुख यथार्थवादी कथाकार गुरुप्रसाद मैनालीको छोटो आकारको प्रभावशाली कथा हो । यसको क्षेत्र गाउँ रहेको छ । छिमेकीहरूको बीचमा स-साना कुरामा असमझदारी भई ठूला-ठूला समस्या उत्पन्न हुने यथार्थलाई यसमा देखाइएको छ ।

भाषा, शैली संवाद
यस छिमेकी कथाका प्रत्येक शब्दहरु सरलता र सहजताले भरिएका छन ।वाक्यहरु छोटा छोटा रहेका छन् । कथामा कतै वर्णन त कतै संवादद्वारा कथा रचिएको छ। वर्णनमा सरलता छ भने संवादमा स्वाभाविकता छ। गुमाने र धनजितेले गाउँले र अशिक्षितले बोल्ने भाषा बोल्दछन्। त्यस्तै आशामरु साहूको संवादमा नेवारी लवज छ। यस कथाको शैली पनि सरल र रैखिक ढाँचामा छ ।कथामा आदि मध्य र अन्त्यको रैखिक शैलीमा बढेको छ। अन्तत: भाषा, संवाद र शैलीका दृष्टिकोणबाट हेर्दा यो कथा सरल, सहज, स्वाभाविक र प्रभावकारी छ।

कथासार

´छिमेकी` कथामा गुमाने र धनजिते दुईजना छिमेकी छन्। असारको समय छ, खेत रोप्ने बेला छ। चौतारामा गाउँलेहरु जम्मा भएका छन्। गुमानेको गोरु धनजितेको खेतको बिउमा पस्छ र धनजितेले गोरुलाई बेस्सरी पिट्दै धपाउँछ । वर्षायामका आफ्ना गोरुलाई बेस्सरी पिटेको देखेपछि गुमाने रिसाउँछ र दुबैका बीचमा झगडा हुन्छ । गाउँको भँडुवा धर्मानन्द पाध्याले गुमानेलाई उक्साउँछ र झगडा हातपातसम्ममा पुग्छ । छिमेकीहरूले गुमाने र धनजितेलाई छुट्याउँछन् तर दुबैमा रिस बाँकी रहन्छ । दुबै छिमेकीहरूमा बोलचाल तथा अर्म-पर्म र असल व्यवहार बन्द हुन्छ । केही समय पछि गाउँमा आँठे रोगको महामारी फैलिन्छ त्यसको चपेटामा धनजिते र उसको परिवार पर्छ । आँठेले इन्तु न चिन्तु भई लडेको धनजितेको दयनीय अवस्था देखेर गुमानेको मन पग्लन्छ । उसले मन लगाएर धनजितेको सेवा गर्छ । सेवा नगर्न र आफ्नो भारी बोक्न गए चलनचल्तीभन्दा धेरै ज्याला दिने लोभ आसामरु साहुले देखाउँछ । यो लोभमा नपरी गुमानेले उल्टै छिमेकीको महत्त्व बुझाउँछ । सन्चो भई बिउँझेपछि धनजितेले गुमानेको प्रेम र उसको मनमा आफूप्रतिको माया र सद्भाव देख्छ ।उसलाई विगतप्रति पछुतो लाग्छ र गुमानेसँग माफी माग्छ । दुबैमा मेल हुन्छ र कथा समाप्त हुन्छ ।

अभ्यास 

छिमेकी लाइ किन जिउदको जन्ती मर्दा को मलामी हो भनिन्छ स-प्रस्नाग व्याख्या गर्नुहोस | 

No comments:

Post a Comment

ALL QUESTION OF CTEVT AND NOTE OF IMPORTANT QUESTION

ctevt question of 2080 of clinical pathology with answer

 long question  1. define pathology ? write about importance scope and field of pathology  Pathology  is the study of disease. It's esse...