नेपाली व्याकरण पदबर्ग /वर्ण/घोषत्व/ प्राणत्व/

     


क)   नेपाली स्वरवर्ण


अन्य वर्णको सहायता नलिई आफैँ उच्चारण हुनसक्ने ध्वनि स्वर ध्वनि हुन्। श्वासप्रवाहमा कुनै बाधा नभई उच्चारण गर्न सकिन ध्वनि स्वर ध्वनि हुन्। नेपालीमा लेख्य परम्परामा निम्न तेह्र प्रकारका स्वरवर्ण छन् - अ, आ, इ, ई, उ, ऊ, ऋ, ए, ऐ, ओ, औ, अं, अः ।


उच्चारणका हिसाबले नेपाली स्वरवर्ण जम्मा ६ प्रकारका मात्रै छन् – अ, आ, इ, उ, ए, ‌ओ । अतिरिक्त लेख्य चिन्ह ई, ऊ, ऋ, ऐ, औ, अं, अः लेख्य परम्पारामा मात्रै प्रयोग हुन्छन् ।


नेपाली स्वर वर्णलाई उच्चारण गर्दा हुने उच्चारण अवयवको भूमिका अनुसार निम्नजलिखित तरिकाले वर्गीकरण गरिएको पाइन्छ ।


·         मांसपेशीको आधारमा [दृढ स्वर इ  आ उ शिथिल स्वर ए अ ओ]


·         जिब्रोको सक्रिय भाग (अग्र इ ए, केन्द्रीय आ र पश्च उ ओ अ)


·         जिब्रोको उचाइ(उच्च उ इ, उच्च-मध्य ए ओ, निम्न-मध्य अ र निम्न आ)


ख)   नेपाली व्यञ्जनवर्ण

ध्वनिको उच्चारण गर्दा श्वासप्रवाहमा बाधा भएर उच्चारण हुने वर्ण  वर्ण व्यञ्जनवर्ण हुन् । व्यन्जनवर्ण उच्चारण गर्न स्वरको सहायता आवश्यक पर्छ । नेपाली लेख्य परम्परामा छत्तीस प्रकारका व्यन्जनवर्णको प्रयोग भएको पाइन्छ। ती निम्नअनुसार छन् –

क     ख     ग      घ      ङ     

च      छ     ज      झ     ञ

ट      ठ      ड      ढ      ण

त      थ      द      ध      न

प      फ     ब      भ      म

य      र      ल     व

श     ष      स      ह

क्ष     त्र      ज्ञ

यसरी व्यन्जनको जम्मा सङ्ख्या छत्तीस देखिए पनि क्ष, त्र र ज्ञ संयुक्त व्यन्जन हुन् । श,ष र स को उच्चारण ‘स’नै हुन्छ । ञ र ण को पनि अन्य वर्णबाट सम्भव हुन्छ। यसरी उच्चार्य नेपाली व्यन्जन वर्ण निम्न मात्रै छन् –


क     ख     ग      घ      ङ     

च      छ     ज      झ    

ट      ठ      ड      ढ     

त      थ      द      ध      न

प      फ     ब      भ      म

य      र      ल     व

स      ह

नेपाली उच्चार्य परम्पारामा प्रयोगमा नआएका वर्ण लेख्य परम्पारामा र व्याकरणको दृष्टिमा अनिवार्य छन्।


(अ)   उच्चारण स्थानको आधारमा नेपाली व्यञ्जन

उच्चारण गर्दा घाँटीदेखि ओठसम्म सास रोकिने स्थानको आधारमा व्यञ्जनवर्णको उच्चारण हुने स्थान पक्का गरिन्छ । उच्चारण स्थानका आधारमा वर्णको वर्गीकरण निम्न अनुसार देखाइएको छ :

१)     अतिकण्ठ्य (स्वरयन्त्रमुखी)

घाँटीको तल्लो भाग वा श्वासनलीको मुखबाट उच्चारण हुने वर्ण- ह ।

२)     कण्ठ्य (कोमलतालु) ‌

नाक र मुखको प्वाल छुट्टिने ठाउँदखि बाहिरपट्टि तालुको गिलो भाग हुन्छ । यसको ठीक तल जिब्रोको पश्च भाग हुन्छ । त्यही कोमल भागबाट उच्चारण हुने वर्ण – क, ख, ग, घ, ङ ।

३)     तालव्य

कोमलतालुभन्दा बाहिरतर्फ साह्रो र चिल्लो भाग तालु हो । यो स्थानबाट उच्चारण हुने वर्ण : य

४)     वर्त्स्य (दन्तमूलीय)

तालुको चिल्लो भाग सकिएपछि दाँतको फेदसम्मको भागबाट उच्चारण हुने वर्णहरू च, छ, ज, झ, ट, ठ, ड, ढ, न, र, ल, स दन्तमूलीय हुन् ।

५)     दन्य

माथिल्ला दाँतका लहरमा जिब्रोले छोएर उच्चारण हुने वर्ण त, थ, द, ध दन्य हुन् ।

६)     ‌ओष्ठ्य

तल्लो ओठ र माथिल्लो ओठको सक्रियताबाट उच्चारण हुने वर्ण प, फ, ब, भ, म, व ओष्ठ्य हुन् ।

उच्चारण स्थानको आधारमा नेपाली व्यञ्जन                   



(आ)  उच्चारण प्रयत्नका आधारमा नेपाली व्यञ्जन

वर्ण उच्चारण गर्दा उच्चारण हुने स्थान र त्यसलाई छुने अवयव (करण)का कारणले श्वासमा प्रभाव पर्छ। जिब्रो, ओठ आदि गतिशील अङ्गले छोएर श्वासमा प्रभाव हुनु उच्चारण प्रयत्न हो । उच्चारण प्रयत्नका आधारमा वर्णको वर्गीकरण निम्न अनुसार देखाइएको छ :

१)     स्पर्शी

उच्चारण हुने स्थान र त्यसलाई छुने अङ्ग वा करण ट्याप्प जोडिएर सास पूरै रोकिएर उच्चारण हुने वर्ण  स्पर्शी हुन् ।       क    ख     ग     घ           ट     ठ     ड     ढ

                   त    थ     द     ध           प     फ    ब     भ

२)     सङ्घर्षी

उच्चारण अवयव (उच्चारण हुने स्थान र त्यसलाई छुने अङ्ग) हल्कासँग टाँसिएर सुसाउँदै सास बाहिर निस्कने वर्ण सङ्घर्षी हुन् ।  स     ह

३)     स्पर्ष-सङ्घर्षी

पहिले स्पर्श विधिमा जस्तै ट्याप्पै जोडिने र पछि सङ्घर्षीमा जस्तै हल्का टाँसिएर उच्चारण हुने वर्ण स्पर्ष-सङ्घर्षी हुन् ।    च     छ     ज     झ

४)     नासिक्य

यस्ता वर्णको उच्चारणमा नाकबाट सास जान्छ ।      ङ     न    म

५)     कम्पित

सासको जोडले जिब्रो थर्किएर उच्चारण हुन्छ ।       र

६)     पार्श्विक

जिब्रोको उच्चारण स्थानमा छुने तर छेउबाट सास गएर उच्चारण हुन्छ ।       ल

७)     अर्धस्वर

सास नरोकिने वा हलन्त उच्चारण नहुने वर्ण अर्धस्वर हुन् ।    य     व


उच्चारण प्रयत्नका आधारमा नेपाली व्यञ्जन





(इ)   घोषत्वको आधारमा नेपाली व्यञ्जन (स्वरतन्त्रीको अवस्था)

श्वासनलीको मुखमा स्वरचिम्टी वा स्वरयन्त्री हुन्छ । यो मासुको दुई पत्रले बनेको  र खुल्ने बन्द हुने स्वभावको हुन्छ ।यसको आधारमा  वर्णलाई दुई प्रकारले विभाजन गर्न सकिन्छ ।

१)     घोष (सघोष)

स्वरचिम्टी हल्का जोडिएर हावाको जोडले घर्षण हुँदै उच्चारित हुन्छन् ।

ग     ज     ड     द     ब           घ     झ     ढ     ध     भ

ङ     न     म                       य     र     ल     व     ह

२)     अघोष

स्वरचिम्टी निकट रहन्छ । कम्पन वा घर्षण नभई उच्चारण हुन्छन् ।

क    च     ट     त     प           ख     छ     ठ     थ     फ    स

घोषत्वको आधारमा नेपाली व्यञ्जन (स्वरतन्त्रीको अवस्था)




(ई)  प्राणत्वको आधारमा नेपाली व्यञ्जन (सासको मात्रा)

वर्णहरूको उच्चारणमा फोक्सोबाट निस्कने सासको मात्रा  कम र बढी हुनेगर्दछ । यस आधारमा महाप्राण र अल्पप्राण गरेर नेपाली वर्णलाई दुई भागमा विभाजन गरिएको पाइन्छ ।

१)     अल्पप्राण

उच्चारण गर्दा श्वासको शक्ति कम भएमा अल्पप्राण व्यञ्जनवर्ण हुन्छन् ।

क    च     ट     त     प           ग     ज     ड     द     ब

ङ     न     म                       य     र     ल     व

२)     महाप्राण

उच्चारण गर्दा श्वासको शक्ति कम भएमा महाप्राण व्यञ्जनवर्ण हुन्छन् ।

ख     छ     ठ     थ     फ          घ     झ     ढ     ध     भ

स     ह

     

पदबर्ग 

१) नाम :-

क) व्यक्ति, ठाउँ, वस्तु, समूह, भाव (देख्न वा सुन्न नसकिने) गीता, राम, किताब, रूख, चरा, सगरमाथा, नेपाल, हुल, ताँती, मुठी, पाप, धर्म, पढाई, लेखाइ, दुःख.

ख) वाक्यको मुख्य पात्र नै नाम हो।

२) सर्वनाम :-

म, हामी, त, तिमी, तपाईं, हजुर, ऊ, उनी, ती, तिनी, थी, चीनी, उहाँ, आफू


३) क्रिया (क्रियापद) :-

- म भात खान्छु ।

. साथी घर जान्छ ।
क) अन्त्यमा नु" लाउने

खानु, जानु, भन्नु, सुत्नु, उठ्‌नु

ख) हटाउदा वाक्यको अर्थ पुरा नहुने ।

४) विशेषण :-

(नामको बारेमा बताउने

- कति ?, धेरै, कम, थोरै, एक, दुई, पहिलो, दोस्रो

कस्तो? रातो, निलो, गोरो, कालोँ, होचो, अग्लो

- कुन ? कसको कस्को ? यो, त्यो, जन, ने, मेरो, तेरो, उसको


५) क्रियायोगी/ क्रियाविशेषण :-   (क्रियाको बारेमा बताउने ।

- कसरी ? फटाफट, थुचुक्क, राम्ररी, यसरी, त्यसरी

1 कहिले? हिजो, आज, भरे, सधै, जहिल्यै, दिउँसो, बिहान )

कहाँ? त्यहाँ, यहाँ, पछि, अघि, तल, माथि, भित्र, बाहिर

- किन ? पढ़नाले, भएकाले, गरेकीमा, बस्नाले कति? धेरै, थोरै, अलिकति, यति, त्यति

६) नामयोगी - 

पोखरादेखि रात भरि दारभित्र स्कूलतर्क कितावबिना, बोल्नुसट्टा मसँग, घुम्न भन्दा


७) संयोजक:-

- जे, जुन, जे जे, जहिले, जहाँ, जब, तब, र, भने, अनि जब पानी पर्छ तब बाटो हिलो हुन्छ।

८) विस्मयादिबोधक:

हा! हा!, धन्य!, ओहो!, हे!, घत!

९) निंपात :
 ए, नि, क्यारे, हमि, माच्चै, बारे, पो, ल, खै

No comments:

Post a Comment

ALL QUESTION OF CTEVT AND NOTE OF IMPORTANT QUESTION

Cell Injury

2. Common Terminologies used in Cell Injury and Adaptation: Necrosis: Cell death marked by the disintegration of cellular components and ...